​श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसदको नाम टुङ्गो

मोरङ,फाल्गुन ३०- हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा देशभरबाट उल्लेख्य मत प्राप्त गरी पाँचौँ ठूलो दल बनेको श्रम संस्कृति पार्टीले आफ्नो समानुपातिकतर्फका सांसदहरूको नामावली टुङ्गो लगाएको छ।

​पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगमा बुझाउने क्लस्टरअनुसारका ४ जना सांसदहरूको नाम सिफारिस गरेको हो।

को-को परे समानुपातिक सूचीमा :-

श्रम संस्कृति पार्टीले समावेशी सिद्धान्तका आधारमा देहायका व्यक्तित्वहरूलाई सांसदका लागि चयन गरेको छ:-

  • आदिवासी महिला: मन्दिरा मोक्तान
  • दलित महिला: राधिका रम्तेल
  • खसआर्य महिला: अम्बिका संग्रौला
  • आदिवासी जनजाति (पुरुष): पूर्ण लिम्ब
  • फागुन २१ गते सम्पन्न निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उत्साहजनक नतिजा निकालेको छ। पार्टीको कुल संसदीय शक्ति अब ७ सदस्यीय हुने भएको छ:
  1. प्रत्यक्षतर्फ (३ सिट):
    • हर्क साम्पाङ: सुनसरी क्षेत्र नं. १ (पार्टी अध्यक्ष)
    • ध्रुवराज राई: भोजपुर
    • आरेन राई: खोटाङ
  2. समानुपातिकतर्फ (४ सिट): पार्टीले देशभरबाट कुल ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै ४ जना सांसद पठाउने सफलता पाएको हो।

​नयाँ शक्ति र वैकल्पिक राजनीतिको एजेन्डासहित चुनावी मैदानमा उत्रिएको साम्पाङ नेतृत्वको यो पार्टीले पहिलो गाँसमै सदनमा बलियो उपस्थिति जनाएपछि राजनीतिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.