महालक्ष्मी विकास बैंकद्वारा,३२औ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न


हेटौंडा । महालक्ष्मी विकास बैंक ले आफ्नो ३२औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार हेटौंडा शाखा परिसरमा सम्पन्न कार्यक्रममा ४५ जना रक्तदाताले रक्तदान गरेका थिए। रक्त संकलन कार्य नेपाल रेडक्रस सोसाइटी ले गरेको थियो।
बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको कार्यक्रममा बैंकका कर्मचारी, सेवाग्राही तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
हेटौंडा शाखाका प्रबन्धक अनन्तराज धिताल ले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै बैंकले समय,समयमा यस्ता मानवीय तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
रक्त अभाव न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बैंकले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.