
बैशाख १९,मकवानपुर/ रास्ट्रपति रामचन्द्र पौडेल बाट नेपाल सरकारको सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेशहरू स्वीकृत गरेका हुन्।
जारी भएका अध्यादेशहरू यसप्रकार रहेका छन्:
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३
विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
तीनै अध्यादेशहरू वैशाख १९ गते, २०८३ मा जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार यी अध्यादेशहरू आवश्यक कानुनी सुधार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ल्याइएको हो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan