
हेटौंडा । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूमध्ये MBBS अध्ययन गर्ने लक्ष्य लिएका विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
विद्यालयले कक्षा ११–१२ विज्ञान विषयको अध्ययनसँगै Central Entrance Examination (MBBS Entrance Examination) तयारी कक्षासमेत निःशुल्क अध्यापन गराउने उद्देश्यले लिएको लिखित परीक्षा, अन्तर्वार्ता तथा SEE नतिजाको मूल्यांकनका आधारमा तपसिलका विद्यार्थीहरू पूर्ण छात्रवृत्तिमा छनोट भएको जनाएको छ ।
विद्यालयले आर्थिक अवस्था कमजोर भए पनि उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीहरूलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । यस कार्यक्रममार्फत छात्राहरूलाई गुणस्तरीय शिक्षा तथा MBBS प्रवेश परीक्षाको तयारीमा सहज वातावरण उपलब्ध गराइने विद्यालय प्रशासनले जनाएको छ ।
पूर्ण छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरूको नामावली विद्यालयले सार्वजनिक गरेको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan