
हेटौंडाका छतेन्द्र आचार्यले नेपाल मोवाईल व्यवसायी महासंघको महासचिव पदमा उम्मेदवारी दिएका छन् । जेठ १ र २ गते काठमाडौंमा हुने महासंघको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरिएको हो । म्यान मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेले मकवानपुरको प्रतिनिधित्व गर्दै आचार्यलाई केन्द्रीय महासचिवमा उठाइएको बताए ।
यसअघि केन्द्रीय उपाध्यक्ष र सदस्य रहिसकेका आचार्य म्यान मकवानपुरका संस्थापक अध्यक्ष समेत हुन् । उनले निर्वाचित भए देशभरका मोबाइल व्यवसायीलाई एकीकृत गर्दै महासंघलाई थप व्यवस्थित र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan