
थाहानगर १४,जेठ रास्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर अधिवेशनबाट सर्बसम्मत रुपमा जयराम केसी सभापति पदमा चयन हुँदै दोस्रो कार्यकालका लागि जिम्मेवारीमा दोहोरिएका हुन्।
अधिवेशनले नयाँ नगर कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपसभापतिमा साकार कार्की,सचिवमा रामशरण गोपाली तथा सहसचिवमा राजन विडारी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा सुक्रराज गोपाली, बुनुमैयाँ थिङ, सानुमैयाँ अधिकारी, विजयकुमार थिङ, माइला गुरुङ, सुवास केसी र कपिल थापा रहेका छन्। अधिवेशनबाट सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका हुन्।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan