थाहाको गोरखनाथमा मनाइयो गोरख संवत् २८१९

गोरख संवत् २८१९ शुरु भएको अवसरमा थाहानगरको डाँडागाउँमा रहेको गोरखनाथ मन्दिरमा धार्मिक कार्यक्रम भएको छ । नयाँ संवत् शुरु भएको अवसरमा पुजा तथा भजन किर्तन पनि भएको थियो । 
मन्दिरमा भएको पुजा कार्यक्रममा गोरखनाथ मन्दिर समितिका सदस्यहरु, गोरखनाथ कल्याण केन्द्र र स्थानिय धर्मावलम्बीहरुको उपस्थिती रहेको थियो । गोरखनाथ परिवारको आयोजनामा कार्यक्रम गरिएको हो । 
पहिलेको वर्ष झैं यस वर्ष पनि नयाँ वर्ष मनाईएको र यस कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने गोरखनाथ कल्याण केन्द्रका सदस्य बिजय मल्लले जानकारी दिए । 

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.