
हेटौंडा / बागमती प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा टुंगो लागेको छ। हेटौँडामा भएको शीर्ष नेताहरूको सहमति अनुसार एक सभामुखसहित कुल आठ मन्त्रालयको विभाजन गरिएको हो।
सहमति अनुसार नेकपाले सभामुखका साथै आर्थिक मामिला तथा योजना मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने भएको छ। त्यसैगरी, नेकपा (एमाले) ले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लिनेछ। एमालेकै तर्फबाट उपसभामुख पद भने यथावत रहनेछ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भागमा तीन वटा मन्त्रालय परेका छन्। राप्रपाले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय सम्हाल्ने सहमति भएको छ। यो सहमतिसँगै बागमती प्रदेश सरकार विस्तारको बाटो खुलेको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan