बसको ठक्करबाट भीमफेदीमा ६३ वर्षीया वृद्धाको मृत्यु

हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित ईपादेउरालीमा बसको ठक्करबाट एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान करिब ७:३० बजे ईपा-कोगटे-भीमफेदी- हेटौँडा भित्री सडक खण्डमा ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएर बाटो काट्दै गरेकी ६३ वर्षीया लीलादेवी खत्रीलाई सोही बसले ठक्कर दिएको हो। बसको अगाडिको भागले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेर स्थानीयबासी खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

​घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र इलाका प्रहरी कार्यालय ठिङ्गनबाट ट्राफिकसहित २० जनाको प्रहरी टोली बिहान ८:५५ बजे घटनास्थलमा पुगेको थियो। दुर्घटनामा संलग्न बा २ ख ९४३० नम्बरको बस घटनास्थलमै रहेको छ भने भीमफेदी-७ कोगटे निवासी ४३ वर्षीय बस चालक राजु आचार्य प्रहरीको फोन सम्पर्कमा रहेका छन्। प्रहरीले घटनास्थल मुचुल्का तयार गरी घटनाको विषयमा थप अनुसन्धान सुरु गरिसकेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.