बाढीमा दिवंगत भएकाहरुको सम्झना गर्दै हेटौंडाको कमानेमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्ज्वलन

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झना गर्दै हेटौंडा ८ कमानेमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्ज्वलन गरिएको छ ।

दिवंगत भएका प्रती श्रद्धाञ्जली अर्पण तथा परिवारप्रति संवेदना व्यक्त गर्न हेटौंडा ८ नं. वडा कार्यालयले बृहत् श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम गरेको हो ।
सोमबार साँझ ६:३० बजे निम चोकमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा हिन्दु धर्मका गुरुहरु तथा बुद्धिष्ट गुरुहरुबाट शान्तिस्वस्ति वाचन गरिएको थियो ।

कार्यक्रममा ८ नं. वडा अध्यक्ष राम थापाले मृतकप्रती श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । उहाँले बाढी पश्चात सम्पर्कविहिन रहेका स्थानीय युकेश डंगोलको सम्झना गर्दै तत्काल सम्पर्कमा आउने समेत विश्वास व्यक्त गर्नुभयो ।

“समवेदना, सहयोग र एकतासँगै पुनर्निर्माणको यात्रामा” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा भाद्र १० गतेको बिनासकारी बाढिमा परि हराइरहेका युकेश डङोल छिट्टै सम्पर्कमा आउने बिश्वास गर्दै दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति समेत रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.