
मकवानपुर, थाहा
थाहा नगरका प्रमुख विकास परियोजनासम्बन्धी विषयमा आज काठमाडौंमा भएको भेटवार्तामा सकारात्मक प्रगति भएको छ।
थाहा नगरपालिका प्रमुख बिष्णु बिष्ट, पूर्व मेयर लवशेर बिष्ट, र ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष बिनोद लामाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी थाहा नगरका प्रमुख पूर्वाधार योजनाबारे विस्तृत छलफल गरेका हुन्।
छलफलका क्रममा थाहा बसपार्क, थाहा पर्यटन पार्क, बज्रबाराही सडक निर्माण, कुन्छाल–कुलेखानी सडकको बाँकी खण्ड, तथा ऋषेश्वर मोडमा पार्किङ निर्माणजस्ता महत्वपूर्ण विषयहरू उठाइएका थिए।
मन्त्री घिसिङले प्रस्तुत योजनाहरूलाई सकारात्मक रूपमा लिँदै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
थाहा नगरका प्रतिनिधिहरूले यस भेटलाई नगर विकासको दिगो दिशामा एक महत्वपूर्ण कदमको रूपमा लिएका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan