जनार्दन शर्माद्वारा ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा”

काठमाडौ १८,कार्तिक
पूर्वमन्त्री र माओवादी केन्द्रका नेता जनार्दन शर्माले नयाँ राजनीतिक संगठनात्मक पहल ‘प्रगतिशील अभियान, नेपाल’ औपचारिक रूपमा घोषणा गरेका छन्। शर्माले जारी गरेको विस्तृत दस्तावेजमा उनले हाल माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भएको एकतालाई “जनआन्दोलनको भावना र क्रान्तिकारी मूल आत्माविपरीत” भएको भन्दै अस्वीकार गरेका छन्।

शर्माले भनेका छन्, “पार्टीभित्रको स्वार्थ, पदलोलुपता र अवसरवादले क्रान्तिकारी आन्दोलनको आत्मा हराएको छ। अब नयाँ पुस्ताको प्रगतिशील अभियानबाट त्यो आत्मालाई पुनर्जीवित गर्नुपर्छ।”

दुई दशकभन्दा लामो राजनीतिक संघर्ष र जनआन्दोलनको उपलब्धि संरक्षण र विस्तार गर्न असफल वर्तमान नेतृत्वमाथि कटाक्ष गर्दै शर्माले समाजवाद र स्वाधीन राष्ट्रनिर्माणका लागि नयाँ पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन्।
उनका अनुसार, अहिलेको राजनीतिक अस्थिरता, वैचारिक भ्रम र भ्रष्टाचारका कारण देशमा नयाँ राजनीतिक दिशा आवश्यक भएको छ।

“हामीले सहकार्य, समानता र स्वाभिमानमा आधारित नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्छ,” शर्माले भनेका छन्, “नेपालका युवाहरूले अब राष्ट्रिय स्वाधीनता, समाजवाद र समानतामा आधारित नयाँ राजनीति अघि बढाउने बेला आएको छ।”

शर्माले जारी गरेको ३ पृष्ठ लामो दस्तावेजमा ‘प्रगतिशील अभियान, नेपाल’ लाई युवाहरूको क्रान्तिकारी मोर्चा र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने दीर्घकालीन परियोजना भनेर व्याख्या गरिएको छ।
दस्तावेजमा भनिएको छ,

“अब पुराना दलहरूको भ्रष्ट र अवैचारिक अभ्यासले देशलाई अघि बढाउन सक्दैन। नयाँ पुस्ताले मूल्य–आधारित, जनमुखी र समाजवादी विचारमा आधारित नयाँ शक्ति निर्माण गर्नुपर्ने समय आएको छ।”

शर्माले पुराना वामपन्थी दलहरूमा रहेका नेतृत्व तहका आपसी विवाद, गुटबन्दी र आन्तरिक प्रतिस्पर्धाले देशको प्रगतिशील आन्दोलन कमजोर बनेको उल्लेख गर्दै नयाँ पुस्तालाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध गर्ने घोषणासमेत गरेका छन्।

अभियानको लक्ष्यमा “स्वाधीन, समान र समृद्ध नेपाल” निर्माणका साथै ऐतिहासिक जनआन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने उद्देश्य रहेको जनाइएको छ।

दस्तावेजले देशभित्रको वर्तमान राजनीतिक, आर्थिक र सांस्कृतिक संकट समाधानका लागि प्रगतिशील विचार, समाजवादी वैकल्पिक मार्ग र नयाँ नेतृत्वको आवश्यकता औंल्याएको छ।
शर्माले भनेका छन्,

अब नेपालका मजदुर, किसान, उत्पीडित वर्ग र देशभक्त युवाहरूले नयाँ समाजवादी राजनीतिक यात्राको तयारी गर्नुपर्छ। यही नै आजको ऐतिहासिक आवश्यकता हो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.