प्रथम अखिल क्रान्तिकारी कपको फाइनलमा तासिर एकेडेमी

मकवानपुर । हेटौंडामा जारी प्रथम अखिल (क्रान्तिकारी) कप सेभेन–ए–साइड यू–१६ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा तासिर एकेडेमी स्थान बनाउन सफल भएको छ।

मंगलबार बिहान हेटौंडा–५ पिप्लेस्थित क्याम्पा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा तासिर एकेडेमीले सिद्धार्थ शिशुसदन सेकेन्डरी स्कुललाई ट्राइब्रेकरमा २–० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। निर्धारित समयसम्म खेल गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।

त्यसैगरी, दोस्रो सेमिफाइनल खेल माउन्ट एभरेष्ट एकेडेमी र रुसल एकेडेमीबीच जारी रहेको अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालले जानकारी दिए।

आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल आज (मंगलबार) दिउँसो २ बजेबाट पिप्ले क्याम्पा रंगशालामा हुनेछ।

फाइनलमा विजयी टिमले नगद १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.