
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान भएको छ । मंगलबार राति अबेर मतदान सकिएको नेसपा नयाँ शक्तिका नेता तुफान बिक्रम क्षेत्री(दिपशक्ति ) ले जानकारी दिएका छन् । राति १२ बजे आसपास मतदान सकिएको जानकारी दिंदै उनले आज (बुधबार) बिहान १० बजे निर्वाचन कार्यालयबाट प्रतिनिधि बोलाएर मतगणना गर्ने तयारी भइरहेको जानकारी दिए । पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको हो । अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन् । महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष उम्मेदवार बाबुराम भट्टराईले मतदानपछि झन्डै ५ दशकको राजनीतिक तथा पार्टी जीवनमा पहिलो पटक आफू सम्बद्ध पार्टीको आन्तरिक निर्वाचनमा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताएका छन् । ‘हालै सम्पन्न नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशनद्वारा पारित युगीन महत्वको राजनीतिक तथा संगठनात्मक प्रस्ताव र नेतृत्व चयनमा अपनाइएको उन्नत प्रकृतिको समानुपातिकता सहितको प्रत्यक्ष निर्वाचन प्रणालीले नेपाली राजनीतिको पुनर्संरचनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास’, उनले सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेका छन् । नेसपामा पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्।
निर्विरोध पदाधिकारी र केन्द्रीय सदस्य; उपाध्यक्ष (महिला) मानुषी यमि भट्टराई उपाध्यक्ष (दलित) दुर्गा सोब कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) मणि राई कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) तारा बास्तोला दवाडी मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) बिबि समिना खातुन बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) बसुन्धरा साप्कोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) चित्र सापकोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) कमल खनाल लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मीप्रसाद भट्टराई कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) मीराकुमारी मल्ल सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला) रतनबहादुर टमटा सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) सत्यदेवी चापागाईं भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लोकेन्द्रबहादुर सुनार केन्द्रीय सदस्य खुला युवा महिला निशा श्रेष्ठ आदिवासी जनजाती युवा महिला मन्जु माया तामाङ मधेशी महिला अमृता कुमारी देवी दलित केन्द्रीय सदस्य युवा हिक्मत विक थारू महिला गीता थनेत
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan