
मकवानपुर, ३ मंसिर । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी तालमेल गरेका छन् । आगमी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमामा एमाले–कांग्रेसले तालमेल गरेका हुन् ।
पुथा उत्तरगंगामा एमालेकी उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सहयोग गर्ने भएको हो । तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्यसमेत हुन् । तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचन लड्नुपर्ने सहमति भएको छ ।
त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष पदमा हुने निर्वाचनमा पनि नेपनली कांग्रेसले नेकपा एमालेका उम्मेद्वार जीवन रोकालाई समर्थन गरेको छ ।
पुथा उत्तरगंगा माओवादी केन्द्रको बाहुल्यता रहेका मानिन्छ । सवारी दुर्घटनामा परी गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा नम्बर २ का वडाअध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । गत निर्वाचनमा भूपेन्द्रा र जसबहादुर दुवै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan