
मकवानपुर ०२ मंसिर । पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको उनका परिवार स्रोतले बताएको छ ।
परिवार स्रोतका अनुसार ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए । ८३ वर्षीय ढुंगानाको अस्पतालमा कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
२०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट बिजयी ढुंगाना बि.सं.२०५१ सम्म प्रतिनिधि सभाको सभामुख भएका थिए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan