
मकवानपुर, ०२ मंसिर । थाहा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयले लगातार सातौं पटक उपाधि हात पारेको छ । पदक तालिकामा अग्रस्थान कायम गर्दै जनकल्याण माबिले सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगितामा उपाधि चुमेको हो ।

कात्तिक २९ गतेदेखि थाहा नगरको ईन्द्रयणीचौरमा भएको प्रतियोगितामा जनकल्याणले २८ स्वर्ण सहित ८ रजत र १० कास्य पदक सहित अंक तालिकामा शीर्ष स्थानमा रही सातौं पटक शिल्ड उचालेको हो ।
प्रतियोगितामा स्वच्छन्द भैरव माबि चित्लाङले ८ स्वर्ण, ५ रजत र १ कास्य सहित द्वितीय स्थान हासिल ग¥यो भने २ स्वर्ण ७ रजत ९ कास्य सहित सुनौला माबि बज्रबाराही तृतीय हुन सफल रह्यो।

प्रतियोगितामा प्रथम जनकल्याणले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने दोस्रो भएको स्वच्छन्द भैरव माबिले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र तथा तेस्रो भएको सुनौला माबिले नगद १० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो।
तेसैगरी राष्ट्रपति रनिङ शिल्डमै अंक जोडिनेगरी भएको मेयरकप भलिबल प्रतियोगिताको छात्रतर्फको उपाधि स्वच्छन्द भैरव माबि चित्लाङ र छात्रातर्फको उपाधि मत्स्यनारायण माबिले हात पारेको छ। प्रतियोगितामा छात्र तर्फ स्वच्छन्द भैरब माबिले मत्स्यनारायण माबिलाई र छात्रा तर्फ मत्स्यनारायणले बागेश्वरी माबि टिस्टुङलाई पराजित गर्दै उपाधि जितेको हो।

उपाधिसंगै प्रथम हुनेले १५÷१५ हजार नगद र द्वितीय हुनेले नगद १०÷१० हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन।
कार्यक्रममा बिजयी खेलाडी तथा विद्यालयलाई प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्ट र उपप्रमुख भरत गोपाली सहित अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।
नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्ल, नेकपा माओवादी केन्द्रका थाहा नगर अध्यक्ष अध्यक्ष बिनोदकुमार लामा, नेपाली कांग्रेस थाहा नगर उपसभापति नवराज कार्की लगायतको आतिथ्यता रहेको थियो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नगरपालिकाका सामुदायिक तथा नीजि समेत १६ माध्यामिक विद्यालयको सहभागिता रहेको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan