शुक्रबार सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडौं, ३० कात्तिक । केही दिनदेखि लगातार घटेको सुनको मूल्यमा शुक्रबार सामान्य बृद्धि भएको छ ।
अघिल्लो दिन शिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।


बिहीबार सुन प्रति तोला १ लाख ६० हजार रुपैंयामा कारोबार भएको थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।


त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बृद्धि भएकोको छ । बिहीबार तोलाको १९०५ रुपैयाँ रहेको चाँदी शुक्रबार १९१० रुपैयाँ कायम भएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.