थाहा नगरस्तरीय अन्तरवडा मेयर कप रानिङ्ग शिल्ड फुटबल प्रतियोगिता मंसिर ४ देखि सुरु हुने

थाहा नगर — थाहा नगरपालिकाको आयोजनामा थाहा नगरस्तरीय अन्तरवडा मेयर कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता–२०८२ यही मंसिर ४ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता थाहा नगरपालिका–४, इन्द्रायणीचौरमा सञ्चालन हुने खेलकुद विकास समितिले जनाएको छ।
प्रतियोगितामा थाहा नगरपालिकाका सबै वडाका फुटबल टिमहरूले सहभागिता जनाउन सक्नेछन्।
टिम दर्ताको अन्तिम मिति मंसिर २ गतेसम्म तय गरिएको छ। हरेक टिममा १८ जना खेलाडीको नाम अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ।
सम्पर्कका लागि सुमन बिष्ट (९८०९२६४०९७)लाई सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रतियोगितामा विजेताले नगद ५० हजार रुपैयाँरनर–अपले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
कार्यक्रमको व्यवस्थापन खेलकुद विकास समिति, थाहा न.पा.–४ मकवानपुरले गर्दैछ भने सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढाइएको आयोजक समितिले जनाएको छ।
थाहा नगरपालिकाले यस्तो प्रतियोगितामार्फत नगरका युवामा खेलप्रति रुचि जगाउने र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.