डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, खगेन्द्र सुनार र बब्लु गुप्ता खेलकुद मन्त्री
काठमाडौं । नवनियुक्तकाठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि गराउने तयारी गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो ।
यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो ।
स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।
उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारीअनुसार दिउँसो २ बजेपछि शपथको व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ ।
“२ बजेपछि भनिएको छ । तर कति बजे भनेर अहिलेसम्म समयको टुंगो लागिसकेको छैन,” प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
चार मन्त्रीको शपथ २ बजेपछि गराउने तयारी गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो ।
यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो ।
स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।
उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारीअनुसार दिउँसो २ बजेपछि शपथको व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ ।
“२ बजेपछि भनिएको छ । तर कति बजे भनेर अहिलेसम्म समयको टुंगो लागिसकेको छैन,” प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan