थाहा नगरपालिका : माओवादी केन्द्रको बिष्टमाथिको आरोपप्रति आपत्ति,चरित्र हत्या गरिएको गम्भीर दाबी

थाहा, मकवानपुर / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहा नगर समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै थाहा नगरका पूर्व नगरप्रमुख लवशेर बिष्टमाथि सामाजिक सञ्जालमा लगाइएका आरोपप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका नगर अध्यक्ष विनोद कुमार लामाको हस्ताक्षरयुक्त विज्ञप्तिमा ती आरोपलाई तथ्यहीन, पूर्वाग्रही र राजनीतिक प्रतिशोधबाट प्रेरित भन्दै तीव्र विरोध गरिएको छ।

विज्ञप्तिमा पूर्व नगरप्रमुख बिष्टलाई जनपक्षीय, सक्षम र इमान्दार नेताका रूपमा चित्रण गर्दै, उनले नेतृत्व गरेको कार्यकालमा थाहा नगरपालिकाले योजनाबद्ध रुपमा विभिन्न विकास कार्यक्रम सञ्चालन गरी जनताको जीवनस्तरमा ठोस सुधार ल्याएको उल्लेख गरिएको छ। तर पछिल्लो समय राजनीतिक पूर्वाग्रहका आधारमा केही समूहले बिष्टको चरित्र हत्या गर्न योजनाबद्ध प्रयास गरिरहेको पार्टीको आरोप छ।

विशेषगरी थाहा नगरपालिकामा स्थापना गरिएको अक्सिजन प्लान्ट सम्बन्धी प्रक्रिया उल्लेख गर्दै माओवादी केन्द्रले बिष्टमाथिको आरोप आधारहीन रहेको दाबी गरेको छ। पार्टीले स्मरण गराएको छ कि २०७९ सालको बैशाख १२ गते प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो भने, नगरप्रमुख बिष्टले बैशाख २२ गते नै पदबाट राजीनामा दिएका थिए। त्यसपछि मात्रै खरिद प्रक्रिया अघि बढेको जनाइएको छ।

विज्ञप्तिअनुसार, खरिद प्रक्रिया अन्तर्गत असार ७ गते खरिदको लागि आसयको सूचना प्रकाशित भएको थियो र असार २१ गते ‘शुभारम्भ सर्भिस ट्रेड्स’ सँग सम्झौता गरी १२ लाख रुपैयाँ मोबिलाइजेसनको रूपमा भुक्तानी गरिएको देखिन्छ। पार्टीको दाबी छ कि बिष्टको प्रत्यक्ष संलग्नता नदेखिँदाहुँदै पनि योजनाबद्ध ढंगले उनको नाम जोडेर भ्रम सिर्जना गरिएको छ।

माओवादी केन्द्र थाहा नगरले सामाजिक सञ्जालमा पूर्व नगरप्रमुखको विरुद्ध चलाइएको अभियानलाई गम्भीर चासोको विषय भन्दै यस्ता भ्रामक प्रचारहरू तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, यस्ता गतिविधिहरूले नगरमा सिर्जना भएको विकास र समावेशी नेतृत्वप्रति जनताको विश्वासलाई क्षति पुर्‍याउने चेतावनी पनि दिएको छ।

‎विज्ञप्तिमा भनिएको छ कि बिष्ट नेतृत्वको पालामा थाहा नगरपालिकाले योजनाबद्ध रुपमा थुप्रै विकास कार्यक्रम सञ्चालन गर्दै नगरवासीको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याएको थियो। तर पछिल्लो समय केही राजनीतिक शक्ति तथा व्यक्तिहरूले विगतको असहजता र राजनीतिक पूर्वाग्रहको आधारमा योजनाबद्ध रुपमा बिष्टलाई बदनाम गर्न खोजेको आरोप लगाइएको छ।

‎यसै सन्दर्भमा, थाहा नगरपालिकाको अक्सिजन प्लान्टको बिषयमा २०७९ बैशाख १२ मा  प्लान्ट खरिदको लागि बोलपत्र आह्वान भएको देखिने र सोही बैशाख २२ गते नै नगर प्रमुख बाट राजिनामा दिएको स्मरण गर्दै  तत्पश्चात असार ७ गते खरिदको लागि आसयको सूचना प्रकाशित भएको र असार २१ गते शुभारम्भ सर्भिस ट्रेडस संग सम्झौता गरि १२ लाख रुपैयाँ मोबिलाइजेसन बापत भुक्तानी भएको देखिन्छ भन्दै माओवादी थाहाले खरिद प्रक्रिया मेयर बिष्टको राजिनामा पछि सुरुभएको स्पष्ट हुदाहुदै राजनैतिक प्रतिशोधको रुपमा सामाजिक संजालमा तथ्यहिन र पुर्वाग्रही ढंगले चरीत्र हत्या गरेकोमा माओवादी केन्द्र थाहा नगरको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा जनाइएको छ।हेर्नुस बिज्ञप्ति 

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.