
मकवानपुर, ३ मंसिर । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्यमा बृद्धि भएको छ ।
आइतबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला एक हजार रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि बृद्धि भएको छ ।
आइतबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा किनबेच भइरहेको छ। चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan