पुथा उत्तरगंगाको वडाअध्यक्षमा माओवादीका जगत निर्विरोध

मकवानपुर, ०५ मंसिर । । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. २ को वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजवादी र कांग्रेस–एमालेका संयुक्त उम्मेद्वारले उम्मेदवारी फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेद्वार जगत घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् ।


यही मङ्सिर १६ गते हुने स्थानीय तह उप निर्वाचन अन्तरगत पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र २ नम्बर वडाध्यक्षको पदमा उपनिर्वाचन हुँदैछ । २ नम्बर वडाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीकी सुनिता बुढामगरले उम्मेदवारी दिएकी थिइन् । बुढामगरले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
त्यस्तै वडाध्यक्ष पदमा कांग्रेस र एमालेका संयुक्त उम्मेदवार जीवन रोकाले पनि उम्मेदवारी फिर्ता लिएसँगै माओवादी केन्द्रका जगत घर्तीमगर निर्विरोध निर्वाचित भएका हुन् । अब पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको लागि चुनाव हुने भएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.