जनतामा माओवादी प्रतिको आशा जिवितै छ-सुबोध 

मकवानपुर, १० पौष । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माधब सापकोटा ‘सुबोध’ ले जनतामा माओवादी प्रतिको आशा जिवितै रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) थाहा नगरपालिका वडा नम्बर ७ कमिटीले बुधबार आयोजना गरेको खवरदारी सभालाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि ‘सुबोध’ले माओवादी प्रति जनताको आशालाई मर्न नदिने बताए ।

माओवादी केन्द्र नेतृत्वको १८ महिने सरकारले मुलुकमा सुशासनको थालनी गरेको बताउँदै माओवादी केन्द्र जनताको भावना अनुसार चल्ने पार्टी भएको ‘सुबोध’ले बताए ।

थाहा नगरपालिका वडा नम्बर ७ को बतासे डाँडामा भएको खवरदारी सभामा ‘सुबोध’ ले बर्तमान सरकारको बेथिति र भ्रष्टाचारमा चुर्लुम्म डुबेकोले माओवादी केन्द्रले देशैभर खवरदारी सभा मार्फत खवरदारी गरिरहेको बताए ।

माओवादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ७ कमिटी अध्यक्ष मानबहादुर लो को अध्यक्षतामा सम्पन्न खवरदारी सभामा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम, प्रदेश सदस्य तथा थाहा नगर इन्चार्ज लवसेर बिष्ट, प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, सहकारी केन्द्रका केन्द्रिय उपाध्यक्ष बिष्णुहरी ढकाल ‘जंगली’, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

सभाकै क्रममा बिभिन्न पार्टी परित्याग गरि २० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्  ।

प्रवेश गर्नेहरुमा नेकपा एमाले थाहा नगर कमिटी सदस्य सानुकान्छा थिङ, नेपाली काङ्रेसबाट गत निर्वाचनमा वडा सदस्य पदकी उम्मेद्वार चन्चली बिक, तेजबहादुर थिङ, ध्रुबराज कार्की, पार्वती थिङ लगायत रहेको माओवादी केन्द्र थाहा ७ इन्चार्ज दिपेन्द्रकुमार थिङले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि माधब सापकोटा ‘सुबोध’, जिल्ला इन्चार्ज बिजय गौतम, थाहा नगर इन्चार्ज लबशेर बिष्टले टीका तथा माला लगाएर स्वागत गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.