वडाको समग्र विकासको लागि मेरो उम्मेद्वारी : रविन प्रधान

मकवानपुर ०३, मंसिर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदका उम्मेद्वार रबिकुमार प्रधान (रविन)ले आफ्नो उम्मेद्बारी वडाको समग्र विकासको लागि भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)को तर्फवाट वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले हेटौंडा १२ लाई उपमहानगर भित्रको अब्बल वडा बनाउने उद्घोष समेत गर्नुभयो ।

वडाअध्यक्ष पदमा उम्मेद्वारी दिएपछि संचारकर्मीसंग प्रतिक्रिया दिँदै वडाका नगरिक, राजनैतिक दलहरुसंगको सल्लाह र सहकार्यमा विकासका योजनाहरु संचालन गरिने उम्मेद्वार प्रधानले बताए ।


वडामा प्रमुख रुपमा स्वरोजगारमुलक शिक्षाको विकास गरेर युवाहरूलाई आत्मनिर्भर बनाउने आफ्नो मुख्य एजेन्डा रहेको उम्मेद्वार प्रधानले बताए ।
प्रधानले स्वास्थ्य र पूर्वाधारको विकासमा पनि आफ्नो ध्यान रहेको बताए ।

प्रधानले समग्र वडाको बिकासमा आफु हिजोको दिनमा पनि चिन्तित थिए, आज पनि छु र भोलिको दिनमा पनि हुनेछु भन्दै समग्र वडाबासीहरुमा आफुलाई मतदान गर्न अनुरोध समेत गरे ।

निर्वाचन आयोगले बिभिन्न कारण रिक्त हुन आएको स्थानीय तहको ४४ पदहरुमा उपनिर्वाचन हुन लागेको हो ।
गत स्थानीय तह निर्वाचनमा हेटौंडा १२ को वडाअध्यक्ष पदमा माओवादी केन्द्रबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाअध्यक्ष पद रिक्त थियो ।

वडाअध्यक्ष पदमा माओबादी केन्द्रका प्रधानसंगै नेकपा एमालेका राजेश नगरकोटी, नेपाली काँग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एकीकृत समाजवादीका बलराम बल ,राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर ब्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीले आशाविर बल, नेपाल मजदुर किसान पार्टीबाट फुलमाया तितुङ, मंगोल नेशनल अर्गनाईजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टीबाट छबिलाल वाईबाले उम्मेद्वारी दिएका छन् ।
यसैगरी छत्रप्रसाद अधिकारी, गिताकुमारी नेवार, कुमार पोखरेल, अर्जुन घलान र युनेश लामा स्याङ्तानले पनि वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेटौंडा १२ मा ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष, १ अन्य गरी ८ हजार ५३ जना मतदाता रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.