हेटौंडा १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर ३० कात्तिक । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा रिक्त रहेको वडाअध्यक्ष पदको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । शुक्रबार मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालय भवनमा बोर्ड राख्दै कार्यालय स्थापना भएको घोषणा गर्नुभयो ।


जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
यस वडाबाट नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएसँगै वडाअध्यक्ष पद रिक्त रहेको थियो ।


निर्वाचन कार्यतालिका अनुसार मंसिर २ गते आइतबार उम्मेद्वारको मनोनयन दर्ता, उम्मेद्वारको सूचि प्रकाशन, मंसिर ३ गते उम्मेद्वारको विरोधमा उजुरी, उजुरी उपर जाँचबुझ र निर्णय, मंसिर ४ गते उम्मेद्वारको नामावली प्रकाशन, ५ गते उम्मेद्वारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेद्वालरलाई निर्वाचन चिन्ह् प्रदान गर्ने तालिका रहेको छ ।


४ हजार ४ सय २८ जना पुरुष र ३ हजार ६ सय २५ जना महिला गरी कुल ८ हजार ५३ मतदाता रहेको यस वडामा मतदानका लागि दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ५ वटा मतदान केन्द र विष्णु ज्योती आधारभूत विद्यालय भोर्लेमा ४ वटा मतदान केन्द रहेको वागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.