
मकवानपुर, २९ कात्तिक । थाहा नगरपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ।
बिहिबार एक समारोह बिच थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको इन्द्रायणी चौरमा प्रतियोगिता सुरु भएको हो ।
मार्चपाससहित प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले गरेका थिए। प्रतियोगिता मंसिर १ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ।
उद्घाटन समारोहका प्रमुख अतिथि नगर प्रमुख बिष्टले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिकाको बजेट कम भएको महसुस गरेकोले बजेट व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए। उनले खेलकुदको माध्यमबाट थाहा नगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र थाहाका खेलाडिहरुले आफ्नो छुट्टै पहिचान बनाइरहेको बताए।
खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्नेमा जोड दिदै प्रमुख बिष्टले तेसको लागि नगरपालिकाले बजेट बिनियोजनमा ध्यान दिन नसकेको स्विकार्दै सिमित बजेटको बाबजुद पनि प्रतियोगिता संचालन र व्यबस्थापन गर्ने शाखालाई धन्यवाद व्यक्त गर्दै खेलकुदको लागि बजेट बृद्धि गरी खेलमा विद्यार्थीहरुको लगावलाई तान्नुपर्ने आबश्यकता रहेको बताए ।
नगर खेलकुद बिकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, वडा नम्बर ८ का अध्यक्ष हेमकुमार थिङ, वडा नम्बर १ का कार्यबाहक अध्यक्ष सरोज प्रधान, थाहा नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख माधव बिक्रम मल्ल, मकवानपुर जिल्ला खेलकुद बिकास समितिका प्रमुख माधव कोइराला, थाहा नगर भलिबल महासंघ अध्यक्ष वसन्त गोपाली, नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटी अध्यक्ष बिनोदकुमार लामा, नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाली काङ्ग्रेस थाहा नगर उपसभापति नवराज कार्की लगायत को आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, सहभागी विद्यालयका प्रधानाध्यापक, खेलाडी, खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
प्रतियोगितामा थाहा नगरका ६ संस्थागतसहित १७ वटा माद्यामिक बिद्यालयका कक्षा १२ सम्मका १८ बर्ष उमेर सम्मका विद्यार्थीहरुले सहभागिता रहेको छ ।
थाहा नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा दौड १०० मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, तथा ३ हजार मिटर दौड हुनेछन । त्यस्तै छात्र छात्रा रिले दौड १ सय मिटर, ४ सय मिटर, छात्र छात्रा हाईजम्प, छात्र छात्रा त्रिपल जम्प, छात्र छात्रा सटफुट तथा मार्चपास रहेका छन् भने कराते प्रतियोगिता पनि हुनेछ ।
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु २५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्वितीय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी हुने मेयर कप भलिबल भने छात्र र छात्रातर्फ हुने थाहा नगरपालिकाका शिक्षा शाखाले जनाएको छ। मेयर कप भलिबल प्रतियोगिता अन्तरगत प्रथम हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्वितीय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतीय हुने विद्यालयले नगद रु ५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan