
हेटौंडा, १ चैत्र – हेटौंडाका विद्यार्थीहरूले “इनिशा बिकलाई न्याय देऊ” भन्दै आज सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। इनिशा बिकको घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही र पीडितलाई उचित न्याय दिलाउनुपर्ने माग गर्दै विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा आवाज उठाएका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले “Justic for Inisha Bk” लेखिएका विभिन्न प्लेकार्डहरू बोकेका थिए। हेटौंडाको मुख्य बजार क्षेत्रमा निकालिएको उक्त र्यालीमा विद्यार्थीहरूले नाराबाजी गर्दै घटनाप्रति प्रशासनको ध्यानाकर्षण गराएका छन्।

विद्यार्थीहरूको मुख्य माग:
घटनाको निष्पक्ष र तत्काल छानबिन गरिनुपर्ने।
दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने।
पीडित परिवारलाई न्याय र सुरक्षाको प्रत्याभूति हुनुपर्ने।
प्रदर्शनमा सहभागी एक विद्यार्थीले भने, “हामी केवल एउटा व्यक्तिको लागि मात्र होइन, समाजमा बढ्दै गएको अन्याय विरुद्ध बोलेका हौं। इनिशाले न्याय नपाएसम्म हाम्रो आवाज दबिने छैन।”
यो आन्दोलन सडकमा मात्र सीमित नभई सामाजिक सञ्जालमा पनि तीव्र रूपमा फैलिएको देशभरका युवाहरूले ऐक्यबद्धता जनाइरहेका छन्। विद्यार्थीहरूको यो दबाबमूलक कार्यक्रमले स्थानीय प्रशासनलाई थप जिम्मेवार बनाउन खोजेको देखिन्छ। प्रदर्शन शान्तिपूर्ण रहे पनि विद्यार्थीहरूले न्याय नपाएसम्म आन्दोलनका विभिन्न स्वरूपहरू जारी राख्ने चेतावनी दिएका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan