
हेटौंडा, फागुन २९ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ हेटौंडा–१० स्थित टिसिएन चौरमा दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव–२०८१ आजबाट भव्यताका साथ सुरु भएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको यो महोत्सव आगामी चैत्र १४ गतेसम्म चल्नेछ।
महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन आयोजकले विभिन्न सांगीतिक कार्यक्रमहरूको समेत तयारी गरेको छ। जस अन्तर्गत विशेष आकर्षणका रूपमा आगामी चैत्र १ गते राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिने निश्चित भएको छ।
यस कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाले मुख्य प्रवर्द्धन गरेको छ भने बागमती प्रदेश खेलकुद विकास परिषदले सह–आयोजना गरेको छ। साथै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयले मुख्य सहयोगी संस्थाका रूपमा सहयोग गरेका छन्।
महोत्सव अवधिभर हेटौंडा र आसपासका हजारौं दर्शकले अवलोकन गर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan