
मकवानपुर, ०९ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राक्सिराङ गाउँ कमिटी अध्यक्ष पदमा पुनः हस्तबहादुर मुक्तान सर्वसम्मत निर्वाचित भएका छन् ।
बुधबार भएको तेस्रो सम्मेलनको बन्द सत्रबाट पुनः मुक्तानको नेतृत्वमा ४५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरिएको हो ।
गाउँ कमिटिको उपाध्यक्षमा पुर्णिमा दोङ, चन्द्र सिं प्रजा र रामशरण प्रजा रहेका छन् । त्यसैगरि सचिवमा जंगलाल चेपाङ, कोषाध्यक्षमा सिमोन विक , सहसचिवमा साजन पाख्रीन, अन्जित चेपाङ र जीवन रुम्बा लगायत ४५ सदस्यीय कमिटी चयन भएको हो ।
निर्वाचित पदाधिकारीहरुलाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य एवम् मकवानपुर सचिबबीर बहादुर घलान (ज्वाला)ले प्रमाणपत्र वितरण गरेका थिए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan