Search
Close this search box.

माओवादी राक्सिराङ अध्यक्षमा पुनः मुक्तान

मकवानपुर, ०९ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राक्सिराङ गाउँ कमिटी अध्यक्ष पदमा पुनः हस्तबहादुर मुक्तान सर्वसम्मत निर्वाचित भएका छन् ।

बुधबार भएको तेस्रो सम्मेलनको बन्द सत्रबाट पुनः मुक्तानको नेतृत्वमा ४५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरिएको हो ।

गाउँ कमिटिको उपाध्यक्षमा पुर्णिमा दोङ, चन्द्र सिं प्रजा र रामशरण प्रजा रहेका छन् ।  त्यसैगरि सचिवमा जंगलाल चेपाङ, कोषाध्यक्षमा सिमोन विक , सहसचिवमा साजन पाख्रीन, अन्जित चेपाङ र जीवन रुम्बा लगायत ४५ सदस्यीय कमिटी चयन भएको हो ।

निर्वाचित पदाधिकारीहरुलाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य एवम् मकवानपुर सचिबबीर बहादुर घलान (ज्वाला)ले प्रमाणपत्र वितरण गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.