
जेष्ठ १,२०८३ / मकवानपुर ६२औँ विद्यार्थी एकता दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौँडा,५ स्थित “हाम्रो घर” संस्थामा आश्रित बालबालिकाहरुका लागि स्टेसनरी, खेलकुद तथा पोसाक सामग्रीसँगै आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
संस्थामा आश्रित भाइबहिनीहरुको अध्ययन तथा दैनिक आवश्यकतालाई सहज बनाउने उद्देश्यले करिब १५ हजार रुपैयाँ बराबरका कपी, कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो भने थप ५ हजार रुपैयाँ नगद सहयोग समेत गरिएको छ।
२०६५ सालदेखि सञ्चालनमा रहेको “हाम्रो घर” संस्थाले आश्रयविहीन तथा परिवारबाट टाढिएका बालबालिकाहरुलाई संरक्षण, शिक्षा, सीप विकास तथा समुदायमा पुनःस्थापनाको काम गर्दै आइरहेको छ। हाल संस्थामा १०० भन्दा बढी बालबालिकाहरु आश्रित रहेका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य विवेक राई, नेकपा हेटौँडा,७ अध्यक्ष बासु कटुवाल, हाम्रो घर संस्था अध्यक्ष इन्दिरा न्यौपाने डल्लाकोटी, उद्योग संघ मकवानपुर सचीब बुद्दराज अर्याल,वाइसीएल हेटौँडा,५ अध्यक्ष हरि ढकाल, मकवानपुर जिल्ला फुटबल रेफ्री केदार दुलाल, समाजसेवी सल्मान मियाँ, दीपेन्द्र राना मगर, सन्तोष लामा लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला सचिव छोईसाङ लामा, सहसचिव सुजन सिलवाल, जिल्ला सदस्यहरू प्रचण्ड बैज्यू, राहुल तामाङ, प्रमिला सिन्तान, ईश्वर ढुंगेल, देवराज घिमिरे, अभिषेक खतिवडा, रोहित प्रधान, बिदुर अर्याल, प्रकाश मिजार, सफल बर्तौला लगायतको सक्रिय सहभागिता रहेको थियो।
विद्यार्थी आन्दोलन केवल राजनीतिक चेतनामा सीमित नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग पनि जोडिएको सन्देश यस कार्यक्रमले दिएको सहभागीहरुले बताएका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan