
मकवानपुर: काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा पहिलो जीत निकालेको छ। शनिबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले एपीएफलाई २-१ गोलले हराएको हो।
चिल्ताङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत र एरोन थापाले दोस्रो हाफको ६० औं मिनेटमा एक-एक गोल गरे। एपीएफका बुद्धिमान राईले ४७ औं मिनेटमा एक गोल फर्काए। प्लेयर अफ दि म्याच चित्लाङका लक्ष्मण थापा घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

चित्लाङले अब मछिन्द्रसँग सेमिफाइनल प्रवेशका लागि मंगलबार खेल्नेछ। मछिन्द्र समूह `बी´बाट बाई पाएका हुन् । मछिन्द्र बागमती गोल्डकपको छैठौं संस्करणको विजेता र सातौं संस्करणको उपविजेता टोलीसमेत हो।
प्रतियोगिता अन्तर्गत आइतबार बैशाख २० गते सातौं संस्करणको विजेता चर्च ब्वाइज र सर्लाहीको बागमती युथबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan