भैँसेमा सुमो दुर्घटना मृतकको पहिचान खुल्यो

हेटौँडा/ मकवानपुरको भीमफेदी गाउँपालिका,१ भैँसेस्थित खोलामा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ८:३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खसेको हो।
प्रहरीका अनुसार दुर्घटनामा चालकसहित १० जना सवार रहेका थिए। दुर्घटनापछि सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा सबै यात्रुको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो।
दुर्घटनामा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका,३ निवासी ५० वर्षीय बमबहादुर वाइबा र सोही नगरपालिकाको वडा नम्बर,४ निवासी २२ वर्षीया जेसिका तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा सुमो चालक चन्द्रनिगाहपुर नगरपालिका,४ का ३३ वर्षीय कालुमान लोप्चनसहित अन्य सात जना घाइते भएका छन्।
घाइते हुनेहरूमा चन्द्रनिगाहपुर नगरपालिका,३ का १६ वर्षीय निमा थिङ,५८ वर्षीय कान्छा धोज,१५ वर्षीया सुमिना थिङ, १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र वडा नम्बर ४ का १९ वर्षीय वय हाङ राना मगर रहेका छन्।
घाइतेमध्ये केहीको काँध, हात, ढाड तथा टाउकोमा चोट लागेको छ। प्रहरीको प्रारम्भिक विवरणअनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.