प्रलोपा मकवानपुरको जिल्ला इञ्चार्जमा सिम्खडा र जिल्ला प्रमुखमा ढकाल चयन

हेटौंडा माघ ३ मकवानपुर / प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुरले संगठन सुदृढीकरण र आसन्न संघीय निर्वाचनको तयारीलाई तीव्र बनाउने उद्देश्यसहित जिल्ला नेतृत्व चयन तथा उम्मेदवार टुंगो लगाएको छ।
शुक्रबार हेटौंडामा केन्द्रीय स्कुल बिभाग प्रमुख तथा बागमती प्रदेश सह इञ्चार्जसहितको उपस्थितिमा सम्पन्न बैठकले राजेन्द्र सिम्खडा (दारिबा) लाई जिल्ला इञ्चार्ज र ध्रुवराज ढकाल लाई जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। यो निर्णय प्रदेश कमिटीको गत पुस २० गतेको परिपत्रअनुसार गरिएको पार्टीले जनाएको छ।
बैठकले जिल्लामा संगठनलाई अझ मजबुत बनाउने उद्देश्यले छिट्टै जिल्ला एकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ।
यस्तै, फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको छ।
संघीय निर्वाचन क्षेत्र नं. १ बाट तेजप्रसाद उप्रेती (रमेश) र तुफान विक्रम क्षेत्री (दिपशक्ति)
संघीय निर्वाचन क्षेत्र नं. २ बाट सन्तोष विष्टलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।
बैठकले निर्वाचन क्षेत्र इञ्चार्जको जिम्मेवारी तोक्ने तथा आसन्न निर्वाचनका लागि परिचालन कमिटी छिट्टै गठन गर्ने जस्ता महत्वपूर्ण रणनीतिक निर्णयहरू पनि पारित गरेको छ।
पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग प्रमुख सोनामसिं स्यान्ताङ (विजय) प्रमुख अतिथिका रूपमा सहभागी बैठकमा उनले यी निर्णयहरूले पार्टीलाई एकताबद्ध, अनुशासित र चुनावी रूपमा प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
जिल्ला इञ्चार्ज सिम्खडाको अध्यक्षतामा सम्पन्न बैठकमा विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह इञ्चार्ज अनिल शर्मा, विशेष प्रदेश सह इञ्चार्ज सन्तोष विष्ट, युवा विभाग इञ्चार्ज प्रकाश पाण्डे (परलोक), मुस्लिम मोर्चा इञ्चार्ज इजाहार आलम, केन्द्रीय सदस्य विष्णुहरि ढकाल, तुफान विक्रम क्षेत्री, निर्वाचन क्षेत्र नं. २ का इञ्चार्ज तेजप्रसाद उप्रेती (रमेश) लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी बागमती प्रदेश कमिटी सदस्यहरू प्रकाश मैनाली, दुर्गा कुमारी रमौली मगर, निखिल उप्रेती, राम पुडासैनी, सन्दीप ढुंगाना, सुदिप कार्की,गोपाल मोत्ताम, नरेश महर्जन लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.