
बागमती गाउँपालिकामा विद्यालय क्यान्टिन तथा स्थानीय होटल तथा किराना व्यवसायीहरूलाई लक्षित खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी जागरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडा की प्रमुख बिमला पोख्रेलको अध्यक्षतामा भएको हो।
कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान रहनुभएको थियो भने विशेष अतिथिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी उपस्थित रहनुभयो। सो अवसरमा पन्कज दाहाल, सार्थक घिमिरे सहित अन्य सरोकारवालाहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिका भित्रका विभिन्न विद्यालयका क्यान्टिन सञ्चालक, विद्यालय सहयोगी, होटल तथा किराना व्यवसायीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूलाई गुणस्तरीय, सुरक्षित र स्वच्छ खाद्य सामग्रीको उत्पादन, भण्डारण र वितरणका मूल मानक बारे विस्तृत प्राविधिक जानकारी प्रदान गरियो।
यस्ता कार्यक्रमले विद्यालय वातावरणमा सुरक्षित खाद्य व्यवस्थापन, स्थानीय बजारमा उपलब्ध खानेकुराको गुणस्तर अभिवृद्धि तथा उपभोक्ता स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा राखिएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan