
हेटौँडा, २२ कात्तिक २०८२
कम्प्युटर एशोसिएसन अफ नेपाल (CAN महासंघ) मकवानपुर जिल्ला शाखाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। हेटौँडास्थित बनरस्वण्डी मन्दिर सभाहलमा सम्पन्न सभाबाट ई. श्रीराज खतिवडा नयाँ जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको छ।

साधारणसभामा जिल्ला शाखाका पदाधिकारी, सदस्यहरू, सूचना प्रविधि व्यवसायी, विज्ञ तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा CAN महासंघका केन्द्रीय प्रतिनिधि तथा कार्यवाहक अध्यक्ष सुजना श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो।
नवनिर्वाचित अध्यक्ष खतिवडाले आफ्नो कार्यकालमा मकवानपुर जिल्लामा सूचना प्रविधिको पहुँच विस्तार, डिजिटल साक्षरता अभिवृद्धि र e-Governance प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
CAN महासंघ मकवानपुर शाखाले विगतका वर्षहरूमा विभिन्न सूचना प्रविधि मेला, तालिम र स्थानीय तहमा ICT प्रवर्द्धनका अभियान सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्वले ती कार्यहरूलाई अझ सुदृढ र व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan