
३ असोज, हेटौंडा
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले जेनजीले उठाएका जायज एजेण्डाहरु संस्थागत गर्न माओवादी केन्द्रले अगुवाई गर्ने वताएका छन्।

माओवादी केन्द्र मकवानपुर जिल्ला पार्टीद्वारा आज हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले भने, “जेनजीले उठाएको सुशासन र प्रत्यक्ष कार्यकारीको एजेण्डाले मुलतः हिजोको दिनमा हामीले संविधान निर्माणको क्रममा फरक मतको रुपमा दर्ज गरेको प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्धा र पछिल्लो १८ महिने सरकार सन्चालनको क्रममा चलाएको सुशासनको अभियानलाइ स्मृतिमा ल्याएको छ।” हिजो हामीले संस्थागत गर्न नसकेका बिषय आज यही आन्दोलनको बलमा संस्थागत गर्नतर्फ अग्रसर हुनु पर्ने नेता गोतमले जिकिर गरे।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमति प्रदेशका उपाध्यक्ष एवं बागमति प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामीले एमाले नेतृत्वको गठबन्धन सरकारको कुशासनले आज जेनजीहरु सडकमा आउनुपर्ने अवस्था श्रृजना भएको दाबी गरे।
त्यसैगरी पार्टीका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले संविधान निर्माणको एक दशकको बस्तुनिष्ठ समिक्षा गर्दै जेनजी आन्दोलनले उठाएका जायज मागलाइ संविधानमा समेट्न कोही चुक्न नहुने बताए। उनले १० बर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलन मधेस आन्दोलन अनि हजारौको बलिदानी बाट प्राप्त संविधान को रक्षा गर्ने बेला आएको बताउनु भयो।
हाम्रो पार्टी नेकपा (माओवादी) केन्द्र र पुराना दल नेपाली काङ्ग्रेस,नेकपा एमाले पार्टीहरु लाई एउटै दर्जाको रुपमा हेरेको समेत बताए।
पार्टी जिल्ला संयोजक भीम पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्यद्वय बीरबहादुर घलान, ललित घलान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan