जनकल्याण माविमा विज्ञान संकायमा ५०% छात्रवृत्तिसहित भर्ना खुला, अन्य संकायमा पनि आवेदन खुला

मकवानपुर, थाहा–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ भर्ना खुला गरेको छ। विद्यालयले यस वर्ष विज्ञान संकायमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ५० प्रतिशत छात्रवृत्तिसहित भर्नाको व्यवस्था गरेको छ।
विद्यालयका अनुसार संघीय सरकारको अनुदानमा ग्रामीण क्षेत्रमा विज्ञान शिक्षा प्रवर्धन गर्ने उद्देश्यले यो छात्रवृत्ति कार्यक्रम ल्याइएको हो। यसले विशेष गरी ग्रामीण तथा सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विज्ञान शिक्षामा पहुँच पुर्‍याउने विश्वास विद्यालयले लिएको छ।
श्री जनकल्याण माध्यमिक विद्यालयमा विज्ञानसँगै अन्य विभिन्न संकायहरूमा पनि भर्ना खुला गरिएको छ। ती संकायहरूमा प्लान्ट साइन्स (कृषि बाली विज्ञान), व्यवस्थापन (कम्प्युटर साइन्स तथा बिजनेस म्याथ), शिक्षा, मानविकी, र प्रस्तावित कानुन संकाय रहेका छन्। साथै प्राविधिक शिक्षा अन्तर्गत CTEVT मान्यता प्राप्त “Diploma in Plant Science” को पनि भर्ना खुलेको छ।
विद्यालयले विद्यार्थीको शैक्षिक सफलता सुनिश्चित गर्नका लागि आइसीटी आधारित कक्षा, अनुभवी शिक्षक, राम्रो पूर्वाधार, प्रयोगशाला, स्कुल बस सेवा लगायतका सुविधाहरू उपलब्ध गराएको जनाएको छ।
छात्रवृत्तिका लागि समयमै आवेदन दिन विद्यालयले सबैलाई अनुरोध गरेको छ।

सम्पर्क:
9855013695 प्रधानाध्यापक 
9855072533 / 9845104755 / 9851005374
Email: janakalyan2025@gmail.com

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.