भोजसिद्ध माविको स्वर्ण जयन्तीको तयारी पूरा

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ५ स्थित श्री भोजसिद्ध माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ । विद्यालयले आगामी फागुन ७ गतेदेखि ९ गतेसम्म तीन दिनसम्म विविध शैक्षिक, खेलकुद, सामाजिक तथा सांस्कृतिक कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउने तयारी गरेको हो ।
स्वर्ण जयन्तीलाई भव्य, सहभागितामूलक र अर्थपूर्ण बनाउने उद्देश्यले मनहरी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता, छात्र भलिबल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । यसका साथै खुला म्याराथन प्रतियोगिता, अभिभावक घ्याम्पो फुटाइ प्रतियोगिता, रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने मनहरी गाउँपालिका ५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण गरिनुका साथै विद्यालयको इतिहास, उपलब्धि र समाजमा पुर्‍याएको योगदान समेटिएको स्मारिका प्रकाशन गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको छ ।
स्वर्ण जयन्ती समारोह प्रचार–प्रसार उपसमितिका संयोजक उमेश अधिकारीले विद्यालयको शैक्षिक यात्रामा योगदान पुर्‍याउने शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायलाई समारोहमा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ ।
आधा शताब्दी लामो शैक्षिक यात्रालाई स्मरण गर्दै आयोजकले आगामी दिनमा गुणस्तरीय शिक्षा, नैतिक मूल्य र समग्र शैक्षिक विकासमा भोजसिद्ध माविको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.