
मकवानपुर । थाहा नगरपालिका वडा नम्बर–३ निवासी सन्तोष बिष्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर,२ बाट उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ।
बिष्टले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेद्वारी दिने जनाउनुभएको हो।
विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिक जीवन सुरु गर्नुभएका बिष्ट तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रहनुभएको थियो। हाल नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य रहेका उहाँले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि पार्टीका उम्मेद्वारहरूलाई मतदान गर्न मतदातासमक्ष आग्रह गर्नुभएको छ।
नागरिकको हक,अधिकारको सुनिश्चितता,लोकतन्त्रको रक्षा, सुशासनको प्रवर्द्धन तथा समावेशी विकास आफ्नो प्रमुख प्रतिबद्धता रहेको उल्लेख गर्दै बिष्टले मकवानपुर क्षेत्र नम्बर,२ को समग्र विकासका लागि इमानदार र निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan