कालापानी,लिपुलेक फिर्ता ल्याउने प्रधानमन्त्री शाहको प्रतिबद्धता

चितवन, असार ७,२०८३ / प्रधानमन्त्री वालेन्द्र शाहले कालापानी र लिपुलेक क्षेत्र नेपालको भूभाग भएको पुष्टि गर्ने पर्याप्त प्रमाण नेपालसँग रहेको भन्दै ती प्रमाणका आधारमा उक्त भूमि फिर्ता ल्याउने बताएका छन्। उनले भारतसँग रहेको सीमा विवाद आपसी संवादमार्फत समाधान गरिने स्पष्ट गर्दै कुनै तेस्रो पक्ष वा मध्यस्थकर्ताको आवश्यकता नरहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषयमा आफूले उठाएका धारणा गलत रूपमा बुझिएको उल्लेख गरे। उनले नेपालसँग ऐतिहासिक तथा तथ्यगत प्रमाण रहेको दाबी गर्दै आवश्यक परे ती प्रमाण सार्वजनिक गरिने बताए।
प्रधानमन्त्री शाहका अनुसार ब्रिटिस शासनकालका अभिलेख र दस्तावेज आवश्यक परे खोजेर ल्याइने भए पनि त्यसको अर्थ बेलायतलाई मध्यस्थकर्ता बनाउन खोजिएको नभएको स्पष्ट पारे।हामी आफ्नो छिमेकी राष्ट्रसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्न सक्षम छौं,उनले भने।
प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले उठाएको आलोचनाप्रति पनि उनले प्रतिक्रिया जनाए। आफ्नो भनाइलाई तोडमोड गरेर प्रस्तुत गरिएको संकेत गर्दै उनले राष्ट्रिय स्वाधीनता र भूगोलको विषयमा सरकार स्पष्ट र दृढ रहेको बताए।
प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रप्रेम र राष्ट्रियतामाथि अनावश्यक प्रश्न नउठाउन आग्रह गर्दै देशको हित र सार्वभौमिकताको रक्षा सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गरे। “मेरो राष्ट्रियताप्रति कसैले शंका गर्नुपर्ने कारण छैन,”

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.