मकवानपुर क्षेत्र न.१ मा प्रलोपाका उम्मेदवार तेज प्रसाद उप्रेती (रमेश) नै किन

हेटौँडा । प्रगतिशील लोकतान्त्रिक पार्टीले मकवानपुर–१ बाट तेज प्रसाद उप्रेती (रमेश) लाई प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष उम्मेदवार घोषणा गरेको छ। युवामैत्री सोच, अन्तर्राष्ट्रिय अनुभव र वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने उद्देश्यसहित उप्रेती चुनावी मैदानमा उत्रिएका हुन्।
दक्षिण कोरियामा लामो समय बसेर काम गरेका उप्रेतीले त्यहाँको विकास मोडेल नजिकबाट अध्ययन गरेका छन्। कोरियामा रहँदा उनले गैरआवासीय नेपाली संघ (NRN), मकवानपुर–कोरिया मञ्च तथा विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै विदेशी नागरिकताको हकहितका लागि सक्रिय रूपमा काम गरेका थिए। यस क्रममा उनले अन्तर्राष्ट्रिय श्रम–मानवअधिकारसम्बन्धी महत्वपूर्ण अनुभव पनि हासिल गरेका छन्।


नेपाली, अङ्ग्रेजी र कोरियन भाषामा दक्ष उप्रेती शिक्षित, उद्यमशील तथा अन्तर्राष्ट्रिय अनुभवसम्पन्न युवा नेताका रूपमा चिनिन्छन्। नेपाल फर्किएपछि उनले जेसिज, रेडक्रस, लायन्स क्लबजस्ता सामाजिक संस्थामार्फत समाजसेवामा निरन्तर योगदान दिँदै आएका छन्। भूकम्प तथा कोभिड–१९ जस्ता संकटका बेला उनले अग्रपंक्तिमा रहेर राहत र समन्वयमा नेतृत्वदायी भूमिका खेलेका थिए।


परम्परागत राजनीतिभन्दा फरक, जनताको जीवनसँग प्रत्यक्ष जोडिने वैकल्पिक सोच लिएर राजनीति गर्नुपर्छ भन्ने मान्यतासहित उप्रेती सक्रिय राजनीतिमा होमिएका हुन्। हाल उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय परिषद् सदस्यसमेत रहेका छन्।
पार्टीका अनुसार, उप्रेतीको उम्मेदवारीले मकवानपुर–१ मा परिवर्तनमुखी, युवाकेन्द्रित र उत्तरदायी राजनीति लाई बल पुग्ने विश्वास गरिएको छ। उनले विकास, रोजगारी, सुशासन र नागरिकको सम्मानलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.