जेनजी विद्रोहले पुस्तान्तरण र रुपान्तरणको प्रस्ट संकेत दिएको छ,(प्रलोपा) नेता सुदन किराती

काठमाडौ मंसिर ७/ नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले ‘जेनजी विद्रोह’ ले देशमा आवश्यक परेका पुस्तान्तरण र रूपान्तरण को स्पष्ट सन्देश दिएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित पार्टी एकता घोषणा सभामा बोल्दै उनले नयाँ पुस्ताले दिएको संकेतलाई ठूला दलहरूले नबुझेर उल्टै ओझेलमा पार्ने प्रयास गरेको आरोप लगाए।

किरातीले भने,
जेनजीहरूले नबोलेरै दिएको सन्देश परिवर्तन र पुस्तान्तरण हो। तर ठूला दलहरूले त्यो सन्देश सुन्नुभन्दा वृद्धाश्रम खोल्ने बाटो रोजे। उहाँहरूलाई सम्मान छ, तर आजको आवश्यकता बुझ्न सकेनन,त्यसैले हामी नयाँ बाटो रोज्न बाध्य भयौँ।

उनका अनुसार प्रलोकपा जनतामै आधारित सेवा, व्यवहारिक समस्या समाधान र विधिसम्मत राजनीतिक अभ्यासको नयाँ ढाँचा स्थापित गर्न बनेको शक्ति हो।
हामीलाई नाङ्लो पसल खोल्नु छैन। जनताको सेवामा आधारित, समाधानमुखी र दीर्घकालीन रूपान्तरणको राजनीति नै हाम्रो लक्ष्य हो, उनले स्पष्ट पारे।

अन्त्यतिर हाल उठ्ने प्रश्नहरूको प्रसङ्गलाई सम्बोधन गर्दै किरातीले कटाक्ष गर्दै थपे
मान्छेहरूले भन्छन् कम्युनिस्ट त छोड्नुभयो नि ? म भन्छु कम्युनिस्टको खोल मात्र छोडेको हुँ। गुँदी, मूल्य, दर्शन र जनमुखी चेतना त हामीले लिएरै हिँडेका छौँ। वाहरु संग खोल र बोक्रा मात्र बाकी रहेका छन।

प्रगतिशील लोकतान्त्रिक पार्टी नेतृत्वले आगामी दिनमा युवा केन्द्रित राजनीतिक कार्यदिशा र वैकल्पिक शक्ति निर्माणका लागि योजना सार्वजनिक गर्ने बताएको छ।


केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.