
चैत्र २१,काठमाडौ :- प्रेस सेन्टर नेपालको नवनिर्वाचित पदाधिकारी टिमले स्वर्गीय पत्रकार सुरेश रजकका परिवारलाई भेटेर उनिहरुको ३ बुदेँ मागमा ऐकेबद्धता जनाएको छ । सेन्टरका नवनिर्वाचित अध्यक्ष कमल गिरीको नेतृत्वमा बिहीबार बिहान स्वर्गीय पत्रकार रजकको निवास डल्लुमा पुगेर मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै परिवारको मागमा ऐकेबद्धता जनाएको हो ।
भेटका क्रममा स्वर्गीय पत्रकार रजकका परिवारले राजाबादी आन्दोलनमा मारिएको घटनाको निष्पक्ष छानविन, दोषी माथी कारवाही र सहीद घोषणा गर्नुपर्ने माग रहेकोमा ति तीन वटै माग सेन्टरका माग पनि भएकाले ऐकेवद्धता जनाएको सेन्टरका महासचिव मनोज घर्तिमगरले जानकारी दिए । उनले सेन्टरको भर्खरै सम्पन्न पाचौँ महाधिवेशनबाट जारी भएको काठमाडौं घोषणापत्रमा समेत स्वर्गीय पत्रकार रजकलाई सहीद घोषणा गर्नुपर्ने बुदाँ राखिएको छ ।
स्वर्गीय पत्रकार रजकको निवासमा सेन्टरका अध्यक्ष गिरीसँगै उपाध्यक्ष रामसिंह ठगुन्ना, दीपक श्रेष्ठ, निवर्तमान महासचिव सन्तोष पौडेल, उपमहासचिव बुद्ध लाप्चन, ज्ञानप्रसाद पौडेल, सचिव सुरेन्द्र चालिसे, नवराज दाहाल, केन्द्रीय सदस्य, अन्जु तामाङसहित काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रदेश तथा जिल्लाका पदाधिकारी समेत सहभागि थिए । सेन्टरको टोलीले १० हजार आर्थिक सहयोग पनि उपलब्ध गराएको छ ।
यहि चैत १५ मा राजधानी काठमाडौंको तिनकुनेका राजाबादीको आन्दोलनको रिपोरिङ गर्दै गर्दा आन्दोलनकारीले घरमा लगाएको आगोमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो । संगठनले उक्त घटनाको घोर भत्र्सना गर्दै घटनाको वास्तविकता बाहिर ल्याउन र दोषीमाथी कडा भन्दा कडा कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको छ । साथै पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध नगराए कडा आन्दोलन गर्ने प्रतिबद्धता सेन्टरले जनाएको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan