
हेटौंडा। कमाने क्रिकेट क्लबले २०८२ मंसिर १७ गते बसेको बैठकमार्फत आगामी कमाने प्रिमियर लिग (KPL) सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। क्लबका अध्यक्ष किशोर के.सी. (खत्री) को अध्यक्षतामा सम्पन्न बैठकले KPL नियम तथा सञ्चालन कार्यविधि औपचारिक रूपमा अनुमोदन गरेको क्लबले जनाएको छ।
क्लबका सचिव विष्णु दाहालका अनुसार आगत वर्ष माघ १३ देखि १७ गतेसम्म टी २० फर्म्याटमा KPL आयोजना गरिनेछ। सो क्रममा खेलाडी तथा क्लबहरूको प्रक्रिया पुस १२ गते हुने जानकारी बैठकमा सार्वजनिक गरिएको छ।
यसपटक खेलाडीले खेलेको खेलअनुसार पारिश्रमिक पाउने व्यवस्था गरिएको छ, जसले प्रतियोगितालाई अझ आकर्षक, प्रतिस्पर्धात्मक र पेशेवर बनाउने अपेक्षा क्लबले व्यक्त गरेको छ। टी २० भर्सनमा खेल हुने भएकाले प्रतियोगिता पहिलेका संस्करणभन्दा थप रोचक र मनोरञ्जनात्मक हुने आयोजकहरूको भनाइ छ।
क्लबले सर्वसाधारणका लागि आवश्यक नियमित कार्ययोजना चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ। साथै, पदाधिकारीहरूले कमाने क्षेत्रमा दीर्घकालीन रूपमा क्रिकेट विकासलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan