सातौं संस्करण बागमती गोल्डकप फागुनको ३ गतेदेखि हुने

माघ २८, हेटौँडा : – सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ देखि हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै बागमती गाउँपालिका खेलकुद विकास समितिले फागुन १ गतेदेखि गर्ने भनिएको प्रतियोगिता फागुन ३ गतेदेखि १२ गतेसम्म गर्न लागिएको जानकारी दिएको हो ।
ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहेको प्रतियोगिता बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुने समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिनुभयो  ।
यसअघिका संस्करण जनता मावि फापरबारीमा हुँदै आएको थियो । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.