प्रदेश लिगमा काठमाण्डौंको बिजयी सुरुवात 

मकवानपुर, १० पौष । दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु प्रतियोगितामा काठमाडौंको चित्लाङ फुटबल क्लबले बिजयी सुरुवात गरेको छ ।

बागमती प्रदेश फुटबल संघको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबले काभ्रेपलाञ्चोकको माउण्ट एभरेष्ट फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । काठमाडौंको जीतमा सबै ३ गोल अंकित राजकोटीले गरे । बुधबार भएको प्रतियोगिताको म्यान अफ द म्याच समेत अंकित राजकोटी घोषित भए । राजकोटीले ट्रफी र नगद ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले ट्रफी र पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पलाईन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिवासी युवा समाज, नुवाकोट बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बिएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लब सहभागी छन्।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने बागमती प्रदेश फुटबल संघका महासचिव लबराज ठकुरीले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.