
मकवानपुर, २८ कात्तिक । बुधबार तोलामै दुईहजार चार सय रुपैयाँ घटेको सुनको मूल्य आज (बिहीबार) थप २२ सय रुपैयाँ घटेको हो । विगत पाँच दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ ।
सुनको मूल्य आज एक लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य एक लाख ६२ हजार दुईसय रुपैयाँ थियो ।
यही कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर घटिरहेको छ । दुई साताको अवधिमा सुनको मूल्य तोलामा ११ हजार घटेको छ।
बिहीबार चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । बुधबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँ घट्दै एक हजार नौसय पाँच रुपैयाँमा कारोबार भएको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan