
मकवानपुर, २८ कात्तिक । सिन्धुलीमा मकवानपुरका शिक्षकमाथि गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई पक्राउ गरेको हो ।
उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिलकुमार खड्काले बताए ।
गत आइतबार दिउँसो करिव २ बजे सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा मकवानपुर जिल्ला बैकया गाउँपाकिलामा रहेको बुद्ध माविका प्रधानाध्यापक प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार भएको थियो ।
गालामा गोली लागेका बोम्जनको हाल काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा तीन जनाको संलग्नता रहेको शिक्षकको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा ठाकुरलाई पक्राउ गरेको हो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan